काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले उनीसँग पाँच लाख धरौटी मागेको हो ।
अख्तियारमा र विशेष अदालतमा आरोपका बारेमा इन्कारी बयान गरेको भन्दै विशेष अदालतले उनीसँग धरौटी मागेको हो । चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो । गत २८ मंसीरमा उनीमाथि मुद्दा दायर भएको थियो । उनी संसद्का अर्थ समितिका निवर्तमान सभापति समेत हुन् ।

