काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी दर्ज्यानी चिह्नबाट सुशोभित भएका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका केसीलाई गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक डा. केसीलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरेका हुन्।

