काठमाडौं । कोशीका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दुई जना मन्त्रीले र दुई जना राज्य मन्त्रीले मुख्यमन्त्री समक्ष शपथ लिएका हुन्।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीपरिषद् बिस्तार गर्दै आज दुई जना मन्त्री र दुई जना राज्य मन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिला वल्लभ अधिकारी, खानेपानी ऊर्जा तथा सिचाइ मन्त्रीमा बुद्धिकुमार राज भण्डारीलाई नियुक्त गरेका थिए।
यस्तै कृषि उद्योग तथा सहकारी राज्य मन्त्रीमा राम प्रसाद महतो र आर्थिक मामिला तथा योजना राज्य मन्त्रीमा निरन राईलाई नियुक्त गरेका थिए। मन्त्रीपरिषद् बिस्तार पछि कोशीमा ९ सदस्यीय मन्त्रीमण्डल भएको छ।