काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका २ मालिङक्षेत्र र वडा नं. ८ घाम्राङबेंसी जोड्न मिदिमखोला माथि निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू मुख्यमन्त्री रहँदा २०७६ माघ १० गते शिलान्यास गरेका पुल निर्माणकार्य सकिएसंगै उनले नै सोमबार उद्घाटन गरे ।
पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले शिलान्यास गरेका कतिपय योजनाहरु अहिले पनि नसक्नु वर्तमान सरकारको कमजोरी भएको टिप्पणी गरे ।
गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले गाउँठाउँको विकास विस्तारै भइरहेको भन्दै विकास निर्माणमा सवै एकजुट हुन आवश्यक रहेको बताइन् ।
हिम सगरमाथा–पराजुली जेभीले २ वर्षमा सक्ने गरी भ्याटसहित ७ करोड ७८ लाख ९७ हजार ८ सय ७२ रुपैयाँ १६ पैसामा सम्झौता गरेको पुल ७ करोड ४९ लाख ५७ हजार ४ सय ६८ रुपैयाँ ९१ पैसामा निर्माण सकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले बताए । २०७८ पुस १८ गते सक्ने गरी २०७६ पुस १८ गते सम्झौता गरेकोमा ६ महिना म्याद थपेर २०७९ असार ११ गते निर्माण सकेको हो । यो पुल पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भएको हो । भारबहन सडक ६ मिटर चौडाई र ७४ दशमलब १५ मिटर लम्बाईको पुलको भारबहन क्षमता ५० टन रहेको छ ।
क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पुल उद्घाटनको अध्यक्षता ग्रहण गर्दै मोटरेवल पुलले हालसम्म मिदिम पारी र मिदिम वारी भनिँदै आएकोमा त्यो अवस्थाको अन्त्य भएको बताए ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको…
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको…
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली…
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया जारी छ । काठमाडौंको भृकुटीमण्डपमा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, December 15
ताजा :
- पूर्वमन्त्री उपाध्यायको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने
- ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो
- एमाले अध्यक्षमा ओली र पोखरेलको भिड्ने पक्का, दुवैले दिए उम्मेदवारी
- एमालेको अध्यक्ष बन्न १५ हजार शुल्क, अन्यमा कति ?
- बैंकका अध्यक्ष, सञ्चालक र सीईओको विदेश भ्रमणमा राष्ट्र बैंकको कडाइ
- एमाले ओली प्यानलबाट पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षका उम्मेदवार
- एमाले महाधिवेशन: आज मनोनयन दर्ता, भोलि चुनाव
- २६ सय बिन्दुबाट तल झर्यो नेप्से
- मनाङमा ४.७ म्याग्निच्युडकाे भूकम्प
- एमालेमा पदाधिकारी संख्या १९ पुर्याउने ओलीको प्रस्ताव पारित
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

