काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दश निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने भएको छ । उक्त कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न लेखि बमोजिक कार्यालयले कालोसूचीमा राख्न लागिएको हो ।
कालोसूचीमा राख्नु नपर्ने कारण भए आज पुस १९ गतेदेखि ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । कार्यालयले यसअघि पनि निजहरुलाई ३० दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको थियो । ३० दिनमा लिखित स्पष्टिकरण नआएको भन्दै पुनः ७ दिनको समय दिएको हो ।