काठमाडौं । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
काठमाडौं महानगरपालिका १० बानेश्वर स्थित रत्नराज्यलक्ष्मी विद्यालय नजिक रहेको ४ वटा पक्की घरमा डोजर चलाइएको नगर प्रहरीले जनाएको छ ।
महानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर र मापदण्ड विपरीत बनेका संरचना हटाउन भन्दै पटक पटक सूचना गरेपनि अटेर गरेकाले डोजर चलाएर भत्काउन बाध्य भएको महानगरले जनाएको छ।