राकेश प्रजापति
काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका– ११ चिति रामचोक बेसिका ५ वर्षीय बालक युवराज वि.कको उपचारका लागि सहयोगी हातहरु बढ्दै गएको छ ।
दुई वर्षदेखि उपचार नपाएर दाइने खुट्टाको घुँडा मुनी लत्रिएर हिँड्न बाध्य युवराजको हाम्रो हेडलाइन डटकममा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएसँगै उनको उपचारका लागि देशविदेशबाट सहयोग आश्वासन प्राप्त भएको छ ।
समाचारको लिंक
उपचारका लागि सहयोगको खोजीमा लमजुङ चितिका ५ वर्षीय बालक युवराज(भिडियोसहित)
यसैबीच युवराजको उपचारका लागि काठमाडौंमा पनि सहयोग अभियान शुरु भएको छ । उनको उपचारका लागि ४५ हजार ९६ रुपैयाँ संकलन भएको सपोर्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र प्रजापतिले जानकारी दिए । उनका अनुसार हाम्रो हेडलाइन डटकममा समाचार प्रकाशित भएसँगै विभिन्न व्यक्तिहरुले उक्त रकम सहयोग गरेका हुन् ।
यस्तै लमजुङ उदयपुर घर भइ हाल जापानमा रहेका युवा समाजसेवी अन्सुल लोहनीले बालकको सहयोगका लागि जापानबाट पनि छिट्टै सहयोग अभियान चलाइने बताए । यस्तै लमजुङ घर भइ हाल चितवनमा रहेका प्रकाश बगालेले पनि अस्पतालसँग समन्वय गरेर उपचारका लागि सहयोग गर्ने बताएका छन् ।
युवराजका बाबु हरि वि.क गाडीको सहचालकको रुपमा काम गरेपनि अहिले सम्पर्कमा छैनन् भने आमाले दोस्रो विवाह गरेर गइसकेकी छन् ।
युवराजको हजुर बुबा साइला वि.क र हजुर आमा मिठूले पालन पोषण गर्दै आएका छन् । तर वृद्ध हजुरबुबा हजुरआमाले उपचार खर्च जुटाउन नसक्दा उनको उपचार हुन नसकेको हो । हजुरबुबा साइलाले भने, ‘उपचार खर्च नहुँदा नातिको उपचार गर्न सकेको छैन । सहयोगको खोजीमा छु ।’
लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएपनि उपचार सम्भव हुने तर काठमाडौं लैजानुपर्ने बताएका बालकका हजुरबुबाले बताए ।
दुई वर्ष अघि लडेर उनको खुट्टा भाँचिएको हजुरआमा मिठुले बताइन् । आर्थिक अवस्था कमजोर भएका उनीहरुले बच्चाको उपचारका लागि सहयोग गरिदिन समेत आग्रह गरेकी छन् ।
बच्चालाई सहयोग गर्न चाहने महानुभावहरुले हाम्रो हेडलाइन डटकमको फोन नम्बर उचारका लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले ९८४६७००२९१, ९८२६१७२४३८, ९८४६४०९९९२ वा थम्पु परियारको फोन नम्बर ९८२६१३९७७९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
यी हुन् हालसम्म सहयोग गर्ने व्यक्तिहरु