काठमाडौं । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । यी प्रदेशमा उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ । उता पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रहरूमा भने बादल लागिरहेको मौसमविद्को भनाई छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र कोशी, मधेश र बागमती प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।