काठमाडौं । इलामको रोङ गाउँपालिकाले सबै क्षेत्रको तालिमहरु मागको आधारमा एकीकृत प्रणालीबाट तालिम सञ्चालन गर्ने भएको छ । सरकारको बजेट सक्ने माध्यामनै तालिम भएर खास उद्देश्य अनुसारको लक्षित समुहले तालिम नपाएको गुनासो आइरहेको बेला रोङ गाउँपालिकाले भने नयाँ किफाइती आवश्यकता अनुसारको उपयोगि तालिम सञ्चालन र व्यवस्थापन कार्यविधि बनाएर नै तालिमलाई उपयोगि बनाउने प्रयत्न गरेको हो ।
कार्यविधि अनुसार रोङ गाउँपालिकाका नागरिकहरुले आफूहरुलाई आवश्यकता भएको कुनैपनि तालिम चाहिए दश जनाको समुहले प्रक्रियागत माग गरेमा तत्कालै सञ्चालन गरिने व्यवस्था गरिएको छ । जसमा स्टेशनरी,प्रशिक्षक र खाजाको ब्यवस्था पालिकाले गर्ने छ । जसको लागि गाउँपालिका भित्रका ५६ वटा सभाहल सहित एक प्रोटेवल हलको ब्यवस्था तोकिएको छ । जसमा ३० वटा सामुदायिक विद्यालय ,६ वटा वडा कार्यालय,पाँचवटा स्वास्थ्य चौकी, ३ वटा सहकारी भवन ३ वटा सामुदियक वन, दुईवटा सामुदायिक भवन, २ वटा सत्सङ भवन,सामुदायिक अध्ययन केन्द्र, कवर्ड हल र गाउँपालिकाको सभाहल तयारी अवस्थामानै रहेकोले हल ब्यवस्थापनमा सहज रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।
विभिन्न विद्यागत तालिमहरुको माग भएमा सम्भव भए पालिकाभित्रका सहजकर्ता प्रयोग हुने नभए पालिकाले विषयगत बिज्ञता पाएका ब्याक्तित्वहरु ल्याएर भएपनि तालिम सञ्चालन गरि नागरिकहरुलाई सिपालु बनाउने लक्ष्य राखेको अध्यक्ष स्याङ्वोले बताए।