काठमाडौं । नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
उनले सङ्घीय समीकरणमा रहेका दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा बिहीबार दिउँसो मुख्यमन्त्रीमा दाबी परेका गरेका हुन्।
एमालेका १०, माओवादी केन्द्र १०, नेकपा एसका चार, नाउपाका सातमध्ये दुई र स्वतन्त्रका एक गरी २७ जनाको समर्थनमा साेडारीले मुख्यमन्त्री दाबी गरेकाे जनाइएकाे छ।
