काठमाडौं । गोरखा चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ । मनास्लु हिमालको बेसक्याममा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा ताल फुटेको हो ।
हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको छ। बाढीका कारण एउटा काठको पुल बगाएको र कुनै मानवीय क्षति भने नभएको सामागाउ प्रहरी चौकाले जनाएको छ ।