काठमाडौं । इलाम–२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका छन्।
हालसम्मको मतगणनामा सुहाङले ३ तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन्। नेम्वाङ एक हजार एक मतले अघि रहेका छन्।
स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७ सय ८४ मत पाएका छन्। रास्वपाका मिलन लिम्बूले ५ सय ६१ मत ल्याएका छन्।
प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका दमनबहादुर भण्डारीको ३ हजार १८५ मतसहित अग्रता कायमै रहेको छ । भने, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २ हजार ५७० मतसहित भण्डारीलाई पछ्याइरहेका छन् ।
यस्तै तेस्रो स्थानका लागि माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८ मत रहेको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन् ।