काठमाडौं । प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुवाती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएकोमा सोमबार बिहानदेखि कांग्रेसले अग्रता लिएको हो
कांग्रेसका अभिषेक सिंहले ८८७४ मत पाउँदा एमालेका दमनबहादुर भण्डारीले ८६१५ मतसहित पाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले ३२१५ मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३१० मत पाएका छन् । हाल मत गणना जारी छ ।