काठमाडौं । केन्द्र सरकारमा दुई जना मन्त्री थपिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रदिप यादवलाई मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनीहरुले आजै सपथ लिएका छन् । उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार तोकिएको छ। अर्थात् प्रदिप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन् भने हसिना खान सोहि मन्त्रालयको राज्य मन्त्री बनेकी हुन् ।
उपप्रधानमन्त्री स्वास्थ्य मन्त्री रहेका उपेन्द्र यादवले राजीनामा दिएपछि नयाँ मन्त्री नियुक्त भएका हुन् ।