लमजुङ । सामाजिक विकास कार्यालय लमजुङ र दोर्दी गाउँपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम दोर्दी गाउँपालिकामा सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय लमजुङ लमजुङका प्रमुखसन्तोष पौडेलको अध्यक्षता एवम् दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले,१–९ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,सम्पूर्ण वडाका वडा सदस्यहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सहजीकरण÷प्रशिक्षकमा राष्ट्रिय बाल अधिकार गण्डकी प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्लेले गरेका थिए ।

