काठमाडौं । ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ काे स्थापना भएकाे छ। सरकारले डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकांक्ष पूरा गर्ने उद्देश्य अनुरुप ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गरेको हाे। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, चुनौतीको पहिचान, रोकथाम, प्रतिक्रिया तथा पुनःलाभलगायत कामको सम्पर्क निकायका रूपमा कार्य गर्न तथा डिजिटल फोरेन्सिक अनुसन्धान गर्न केन्द्र स्थापना भएकाे हाे ।
गत माघ ९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो। केन्द्र सञ्चालन गर्न १२ कर्मचारीको संरचना बनेको छ। पछिल्लो समय विभिन्न देशमा साइबर असुरक्षा बढ्दै गएको र नेपालको सन्दर्भमा अझै बढी असुरक्षा बढ्दै गएको सन्दर्भलाई दृष्टिगत गर्दै केन्द्र स्थापना गरिएको मन्त्रालयले जनाएकाे छ।