काठमाडौं । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं २ पौवा निवासी प्रकाश गुरुङले गाउँपालिकाको लोगोसहित सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।
२०७९ सालको गाउँपालिका स्थापना दिवासमा २०८१÷०२÷१३ गते आँबुखैरेनी गाउँपालिकाको लोगोसहित सगरमाथा आरोहण गरेका हुन् ।
आरोहण गर्ने गुरुङलाई महानगरले धन्यवादका साथै बधाइ व्यक्त गरेको छ । गाउँपालिकाको अध्यक्ष शुक्र चुमानले भनेका छन्,‘आँबुखैरेनी गाउँपालिका वडा न २ पौवा निवासी स्थायी ठेगाना वडा नं ६ भएको २०७९ सालको गाउँपालिका स्थापना दिवसमा यस गाउँपालिका वाट सम्मानित हुनुभएको श्री प्रकाश गुरुङ ज्यु मिति २०८१÷०२÷०७ ःबथ द्दण् गतेको दिन विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरि आँबुखैरेनी गाउँपालिकाको झण्डा फरफराउन सफल हुनुभएकोमा हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौं ।’