काठमाडौं । सांसदहरूले सार्वजनिक जमिनको अभिलेखीकरण र संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै सांसदहरूले सरकारले सार्वजनिक जमिनको यथार्थ विवरण राख्नुपर्ने बताएका हुन् ।
उनीहरुले सार्वजनिक जमिनको अभिलेखीकरण गरेर आम नागरिकमाझ स्पष्ट पारिनुपर्ने बताए । सांसदहरूले दिनप्रतिदिन सार्वजनिक जमिनको अतिक्रमण भएको भन्दै संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले जग्गाको अभिलेखीकरण हुनुपर्ने बताए । उनले सरकारी निकायसहितको संलग्नतामा सार्वजनिक जमिन अतिक्रमण भइरहेको भन्दै त्यस्ता जग्गाहरू फिर्ता गर्नुपर्ने बताए ।