काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्री मोदीको शपथ समारोहको निमन्त्रण स्वीकार्दै प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्समार्फत् आइतबार दिउँसो त्यसतर्फ जाने भएका हुन्। आइतबार दिउँसो १ बजेर २५ मिनेटमा नेपाल एयरलाइन्सबाट दिल्ली जाने कार्यक्रम तय भएको छ।
भारतको राष्ट्रपति भवनले आइतबार साँझ ७ः१५ बजे शपथ समारोह हुने घोषणा गरेको छ। कार्यक्रममा विदेशी नेतासहित आठ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ।
प्रधानमन्त्री मोदीले शपथ लिएपछि भोलि नै समकक्षी मोदीसँग भेटवार्ताको कार्यक्रम पनि तय भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार उनीहरूबीच दिल्लीमा संक्षिप्त भेटवार्ता हुनेछ।
प्रधानमन्त्री प्रचण्डको साथमा स्ककीय सचिव समेत रहेकी छोरी गंगा, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, लगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि भारत जाने कार्यक्रम छ।