काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मंगलबार आफ्नो १०० दिनको कार्यकालमा भए गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेकी छन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षक सरुवासम्बन्धी निर्देशिका जारी गरी अन्तर जिल्ला सरुवा फुकुवा गरिएको, शिक्षा नियमावली (दशौँ संशोधन), २०५९ लाई कानुन मन्त्रालयमा रायका लागि पठाएको, शिक्षकको दरबन्दी मिलानका लागि अध्ययन सुरु गरिएको जानकारी दिइन् ।