काठमाडौं । लगातार घटेको सेयर बजारमा बुधबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ छ।
मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रहँदा ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको थियो।
१३ उपसमूहमा बुधबार फाइनान्स, वाणिज्य बैंक, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह बढेका छन्। फाइनान्स उपसमूह २.६२ प्रतिशतले बढ्दा नेपाल फाइनान्स ९.९९ प्रतिशतले बढ्दै सर्किटस्तरमा पुगेको छ।
१३५ कम्पनीको सेयरमूल्य बढेको छ। नेपाल फाइनान्ससँगै समाज लघुवित्त, कुथेली बुखारी साना जलविद्युत, मन्दाकिनी हाइड्रोपावर, सामलिङ पावर लगायतका कम्पनीको सेयरमूल्य बढेको छ। नेपाल फाइनान्स कारोबारमा पनि अगाडि छ। उक्त कम्पनीको २० करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख, ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख, सीक्ष्डीबी हाइड्रोपावरको ७ करोड ७४ लाख, हिमालयन लघुवित्तको ७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।