काठमाडौं । प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो ।
आज बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।