काठमाडौं । नेकपा एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टलाई मातृशोक परेको छ । काठमाडौंमा बस्दै आएकी विष्टकी आमा ६९ वर्षीया विमला विष्टको बुधबार निधन भएको हो ।
उनी काठमाडौंमा बस्दै आएकी थिइन् । बाँनियाटारस्थित आफ्नै निवासमा शौचालयबाट फर्कने क्रममा उनलाई हृदयघात भएको थियो । विष्टलाई तत्कालै उपचारको लागि स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
उनको पशुपती आर्यघाटमा अन्तिम अन्त्यष्ठि गरिएको छ । विष्टको एमाले दुई छोरा र चार छोरी छन् । दिवंगत विष्टलाई सुगर र प्रेसरको समस्या समेत रहेको पारिवारिक स्रोतले बताएको छ ।