काठमाडौं । वर्षापछि आएको बाढी र पहिरोमा देशका विभिन्न ठाउँमा मानविय एवम् भौतिक क्षति पुर्याएको छ।
स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । गएराति फेदीखोला गाउँपालिका–५ बाँगेस्थित ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खसेको थियो । यस्तै घरनजिकै रहेको गोठ पुरिँदा एउटा भैँसी समेत मरेको जनाइएको छ ।
बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । आज बिहान ३ बजे गएको पहिरोले घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।
घरमा पुरिएका प्रेमकी बुहारी कुमारी र नाति शिशिरलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले
पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुिरएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।