काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएपछि परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ। सोमबार सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यसको विरूद्धमा एक प्रत्यासी सन्तोष नारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
श्रेष्ठले प्रधानमन्त्री कार्यालयदेखि ८ निकायलाई विपक्षी बनाएका थिए। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश समेत दिएको छ। यसबीचमा सोमबार बेलुका मन्त्रिपरिषदको बैठकले पुरानै छनोट समिति सदस्य रहने गरी नयाँ छनोट समिति बनाउने निर्णय गरेको छ।
माघ ५ गते सुरू भएको अध्यक्ष छनोट प्रक्रिया अर्थमन्त्रालयले गत शुक्रबार रद्द गरेको थियो। प्रक्रिया रद्द गरिएको विषयमा श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

