काठमाडौं । वर्षाले पहिरो जाँदा डुम्रे–बेसिशहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेसिसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।
लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेसिशहरबाट काठमाडौं, पोखरा, चितवन, भैरहवालगायत स्थानमा आउने र सो स्थानबाट बेसिशहर र मनाङ जाने यात्रु अलपत्र परेका छन् ।