काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहलालाई विश्वासको मत नदिन नेकपा एमालेले ह्वीप लगाएको छ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्। प्रधानमन्त्री दाहालले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।
कांग्रेस र एमालबीच नयाँ सत्ता समीकरण बनाउने सहमतिसँगै एमाले र जसपाले समर्थन फिर्ता लिँदै सरकार छाडेपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्। कंग्रेस एमालेले उनलाई राजीनामा दिन दबाब दिएपनि दाहालले विश्वास मत लिन लागेका हुन्।