काठमाडौं । असार महिना सकिन लाग्दा लमजुङमा ६० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार यसवर्ष असारको शुरुमा पर्याप्त वर्षा नहुँदा अपेक्षित रोपाइँ हुन नसकेपनि पछिल्लो हप्ता पर्याप्त वर्षा भएकोले रोपाइँ भएको भएको छ ।
जिल्लामा जेठको अन्तिम सातादेखिनै खोलाको किनारमा रहेका खेतहरुमा रोपाइँ शुरु भएको थियो । सिँचाई समस्या नभएका खेतहरुमा असार पहिलो सातामै बर्खे धानको रोपाई शुरु भएको र हाल पाखा खेतहरुमा रोपाई जारी रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा पछिल्लो वर्षहरुमा करिव १२ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने कृषि कार्यलयको दाबी छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लाका ४५ हजार बढी हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य मध्ये पछिल्लो समय खेत बाझो हुनेक्रम बढ्दो रहेको छ ।