काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेषसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्। राष्ट्रपति पौडेलले आइतबार साँझ ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेका थिए। असार २८ गते विश्वासको मत पाउन नसेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए।
प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । ओली नेतृत्वको मन्त्रिपरिषद्मा ११ जना नयाँ मन्त्रीले मौका पाएका छन् । नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जना नयाँले अवसर पाएका हुन् । कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, तेजुलाल चौधरी, बद्री पाण्डे, अजयकुमार चौरासिया र ऐनबहादुर शाही (ठकुरी) मन्त्री बनेका छन् । देउवा परराष्ट्र, पौडेल स्वास्थ्य, पाण्डे पर्यटन, चौरासिया कानुन र शाही बन मन्त्री बनेका छन् ।
यस्तै एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् । दाहाल भौतिक, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता सामान्य प्रशासन मन्त्री बनेका छन् ।
मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ-
केपी शर्मा ओली, प्रधानमन्त्री
प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
विष्णु पौडेल, उपप्रधान तथा अर्थ
पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
रमेश लेखक, गृह
शरतसिंह भण्डारी, श्रम तथा रोजगार
आरजु राणा देउवा, परराष्ट्र
नवलकिशोर साह सुडी, महिला बालबालिका
देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी, युवा तथा खेलकुद
प्रदीप यादव, खानेपानी
प्रदीप पौडेल, स्वास्थ्य
अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
बद्री प्रसाद पाण्डे, पर्यटन
रामनाथ अधिकारी, कृषि
विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
मानवीर राई, रक्षा
दीपक खड्का, जलस्रोत तथा ऊर्जा
राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण