काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू ‘पपुलर’ नभई ‘डेलिभरी’ मन्त्री बन्ने बताएका छन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सबै कुरा बुझेरमात्र आफू अघि बढ्ने बताए।
‘म यहाँ पपुलर हुन आएको होइन‚ म डेलिभरी गर्न आएको हुँ’, मन्त्री गुरुङले भने, ‘मन्त्रालयको कुरा बुझ्न धेरै बाँकी छ, आज ठूलो ठूलो कुरा गर्दिनँ।’
उनले सरकारले नीति तथा कार्यक्रममा ल्याएको सूचना प्रविधि क्षेत्रको संस्थागत पुनर्संरचना गर्ने विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेका छन्।