काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नं.६ का मंगल बहादुर वि.क छोरीसहित रुदी खोलाबाट बेपत्ता भएका छन् ।
यहि साउन १ गते साँझ छोरी चन्द्रमाया विकसहित सिङ्दी बेसीदेखि बगैँचातर्फ फर्कंदै गर्दा क्व्होलासोथार गाउँपालिका र कास्की जिल्ला मादी गाउँपालिकाको सिमानामा रहेको रुदी खोलाबाट उनीहरु बेपत्ता भएका हुन् ।
घटना थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ र गिलुङ प्रहरी चौकीको टोलीहरुले विकको आफन्तजन र स्थानीयबासीसँग भेटघाट गरेको छ । साथै उनीहरुको बिहीबारदेखि खोजी कार्य तीब्र पारिएको गाउँपालिकाले जनाएको छ ।