काठमाडौं । नवनियुक्त महान्यायाधीवक्ता रमेश बडालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई शपथ गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए। सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।