काठमाडौं । गुरुङ समाज जापान क्षेत्रीय समिति सेन्दाइको अध्यक्षमा अमर गुरुङ चयन भएका छन् । क्षेत्रीय समिति सेन्दाइको प्रथम ऐतिहासिक अधिवेशनले गुरुङको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो ।
लमजुङ दुधपोखरी १ घर भएका गुरुङ विगत १४ वर्षदेखि जापानमा बसोबास गर्दै आएका छन् । प्रवासमा रहेर पनि आफ्नो सस्कार संस्कृतिलाई जोगाउन र सबै गुरुङ समुदायलाई संगठित गर्दै संस्थागत एकताको लागि गठित गुरुङ समाज जापान सेन्दाई क्षेत्रिय समितिको नेतृत्व पाएकोमा खुशी व्यक्त गरेका छन् ।
आगामी दिनहरुमा संस्थागत हितमा अग्रजहरुको परामर्श, समकक्षीहरुसँगको समन्वय सहित आफ्नो क्षमताले भ्याएसम्म आफ्नो जिम्मेवारी पुरा गर्ने अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गरेका छन् । साथै अध्यक्ष गुरुङले जापानमा रहेर संस्थामा जोडिन चाहाने व्यक्तिहरुलाई सम्पर्कमा आउन पनि आग्रह गरेका छन् ।
प्रवासमा रहेर अध्ययनसँगै रोजगारी, विभिन्न पेशा र व्यवसायमा रहेपनि आफ्नो संस्कार संस्कृतिको संरक्षण र सामाजिक अन्तरघुलनका लागि सँस्थाले समन्वय गर्ने अध्यक्ष गुरुङले बताएका छन् ।
गुरुङ समाज जापानको अध्यक्ष युवराज गुरुङको उपस्थितिमा क्षेत्रीय समिति सेन्दाइको अधिवेशन भएको हो । अध्यक्ष गुरुङले अध्यक्षमा चयन भएका अमर गुरुङ र सिंगो टिमलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।