हाम्रो हेडलाइन संवाददाता
काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका–११ चिति हटियाकी ५२ वर्षीया गीता परियारको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।
देब्रे घुँडामा सामान्य घाउ देखिएपछि उनलाई स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो । सामान्य उपचार गरेपनि पछि ठूलो रुप लिएको गीताकी छोरा प्रेम बहादुर परियारले हाम्रो हेडलाइनलाई बताए ।
उनले भने, ‘पहिला सामान्य समस्या देखिएको थियो । पछि ठूलो रुप लियो । सदरमुकाम बेसिशहरमा पनि लग्यौं । तर त्यहाँ पनि उपचार हुन नसकेपछि चितवनमा रिफर गर्दियो ।’
उनको उपचारका लागि २ लाख भन्दा बढी खर्च भएको उनले बताए । अहिले पुरानो मेडिकल कलेजमा देब्रे खुट्टाको घुँडाको शल्यक्रिया गरिएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण आमाको उपचार गर्न नसकेको प्रेम बहादुरले बताए ।
उनले आमाको उपचारका लागि अझै एक महिना अस्पतालमै राख्नुपर्ने बताएको र थप उपचारका लागि रकम अभाव भएको बताए । उनले आमाको उपचारका लागि सहयोग गरिदिन पनि अपिल गरेका छन् ।
उनको उपचारका लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले प्रेमबहादुरको माेबाइल नम्बर ९८४१०३१३३२ मा सम्पर्क गर्न सक्नुहुनेछ वा ग्लोबल आइएमई बैंकको खाता नम्बर ०३५०७०१०३७३२०३ मा पनि सहयोग गर्न सक्नुहुनेछ ।