काठमाडौं । पेट्रोलियम र ग्याँस आपूर्तिमा समस्या भए अब नेपाल आयल निगमलाई सिधै गुनासो टिपाउन पाइने भएको छ । निगमले मंगलबार एक सूचना प्रकाशित गर्दै वेबसाइट र टेलिफोनमार्फत सिधै सम्पर्क गर्न उपभोक्तालाई भनेको छ ।
निगमले आम उपभोक्तालाई सर्वसुलभ पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको आपूर्ति गरिरहेको भन्दै निगमले आपूर्तिमा कुनै समस्या भए सिधा सम्पर्क गर्न भनेको छ । निगमको टेलिफोन ०१–५३६४९७१ मा सम्पर्क गरेर सोझै गुनासो टिपाउन सकिने प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । न