काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिइएको छ ।
बिहीवार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख (मेयर) राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित उनी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनको मिर्गौला रोगका कारण मृत्यु भएको हो ।