काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अब नबस्ने बताएका छन् । स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने प्रधानमन्त्रीले बताएका हुन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनुभएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।’
एमालेको सचिवालय बैठक आज बस्दैछ । मनोहरा खोलामा आएको बाढीले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेकाले बैठक काठमाडौंका हनुमानस्थानस्थित होटल बसेरमा बस्ल लागेको हो ।
प्रधानमन्त्री ओलीले पनि आजको बैठक अन्यत्र बस्न लागेकोसमेत जानकारी गराएका छन् । ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ’, उनले थप भनेका छन् ।