काठमाडौं । वर्षाले लमजङकाे डुम्रे-बेसीशहर-चामे सडकखण्ड अन्तर्गतको उदिपुर-बेसीशहर खण्ड क्षतविक्षत भएको छ। बिहीबार दिउँसोको मुसल्धारे वर्षासँगै खसेको पहिरोले यस खण्ड अन्तरगर्तका चार ठाउँमा सडक अवरुद्ध बनेकाे छ।
बेसीशहर नगरपालिका–१ उदिपुर बजारमा लेदेसहितकाे पहिरो खस्दा सवारी आवगमनमा समस्या भएको छ। यसैगरी अँधेरीखोला र नेपाली सेनाको गेट अगाडि दलाल क्षेत्रमा पनि पहिराे खसेको छ। पहिरोले सडक अवरुद्ध बनेपछि सवारी आवगमन दुवै तर्फ रोकिएका छन्। सयौँ यात्रु जामको सास्ती खेप्न बाध्य छन्।
डुम्रे बेसीशहर चामे सडकखण्डका इन्जिनियर सुमन अधिकारीले सबै ठाँउका पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए।
तस्बिरहरु: रविन्द्र क्षेत्री