काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले पूर्णता पाएको छ। पछिल्लो महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्य चयन भएकामा शुक्रबार (साउन १८ गते) बसेको पहिलो केन्द्रीय समितिको बैठकले २ सय ५१ जना थप गर्दै पूर्णता दिएको हो।
यसअघि एकीकृत समाजवादीले केन्द्रीय समिति २१ पदाधिकारीसहित २ सय ९९ सदस्यमा सीमित गर्ने भनेको थियो। तर, दाबेदार धेरै भएपछि नेता-कार्यकर्ताको व्यवस्थापनका लागि संख्या बढाएर ३ सय ४४ बनाएको हो।