काठमाडौं । तनहुँको आँबुखैरेनी संस्कृति संरक्षण मञ्चले श्रीकृष्ण जन्माष्ठमी जात्रा तथा तीज कार्यक्रम गर्ने गर्ने भएको छ ।
आँबुखैरेनी क्षेत्रको लोक संस्कृति संरक्षण एवम् प्रवर्द्धन गर्ने हेतुले ‘हाम्रो थिति, जोगाइँ राखौं संस्कृति’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २०६३ सालमा स्थापना भएको मञ्चले स्थापना कालदेखि नै कृष्ण जन्माष्टमी र तीज पर्व मनाउन अग्रणी भूमिका खेल्दै आएको छ ।
यस वर्ष पनि जन्माष्टमी र तीज विशेष रुपले मनाउने तयारी गरिएको मञ्चले जनाएको छ । यस वर्ष आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा स्थानीय स्तरका सबै टोल सुधार समिति, तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समिति र विभिन्न संघ संस्था क्लवहरुसँग सहकार्य गर्दै जन्माष्टमी तथा हरितालिका तीज पर्व गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
यस्तै जात्रालाई भव्य एवं सभ्य तरिकाले सफलतापूर्वक सम्पन्न गर्नका लागि मञ्चले सहयोग संकलन समेत गर्दै आएको छ ।