काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख तेस्रो साता पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
शनिबार सम्पन्न पार्टीको बन्द कार्यशालाले पार्टीको महाधिवेशन गर्ने गरी मितिसमेत तय गर्ने गरी पार्टीको कन्द्रीय समितिलाई सो सुझाव दिएको हो। त्यसैगरी बैठकले पार्टीको राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। विधान संशोधन सुझाव कार्य दलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेश गर्ने निर्णय पनि गरिएको छ ।
पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रश्तावनाको व्याख्या गरी पार्टीको वाचापत्रलगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने, शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधनसमेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने पनि बैठकमा सहमति भएको छ।