काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताएका छन्।
राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भने, ‘विगतमा जुन रफ्तारमा विकास हुनुपर्थ्यो, त्यो भएन। अब विकासको नमुना यो द्रुतमार्ग हुनेछ।’ द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा ब्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पारे।