काठमाडौं । पहिरोमा परेर गुल्मीमा चार जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्। मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा पहिरोमा परेर चार जनाको मृत्यु भएको र दुई जना घाइते रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हुकुम विक, गोरे विक, मसुरी विक र रियन्सा विकको पहिरोमा पुरिएर मृत्यु भएको छ भने विष्णु विक र मुना विकलाई उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ।