काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न १५ सुझाव दिएका छन्। सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर आफूले विभिन्न १५ बुँदामा सुझाव पेस गरिएको डा. ढकालले बताएका छन्।
उनले पछिल्लो पटक आफू देशका विभिन्न ३८ वटा जिल्लामा समीक्षा यात्राका लागि पुगेको र उक्त भेटघाट पार्टीको तर्फबाट भएपनि आम नागरिकको हैसियतमा सुझाव संकलन गरेको बताएका छन्। प्रशासन सुधार, स्थानीय सरकार, भ्रष्ट्राचार, मिटर ब्याज पीडितको समस्या समाधान, खानेपानी, अस्पताल, शिक्षा लगायतका विषय छुट्याएर ढकालले सुझाव बुझाएका हुन्।
उनले पछिल्लो पटक चर्चामा रहेको संविधान संशोधनको एजेण्डामा पनि सुझाव दिएका छन्। प्रदेश, जिल्ला समन्वय समिति, उपरराष्ट्रपति पद खारेज हुनुपर्ने उनले बताएका छन्।