काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका–११ चिति बगैंचामा महिलाको हत्या भएको छ । ६५ वर्षीया सान्नानी घर्तीको हत्या भएको प्रहरीले जनाएको छ ।
घरमा एक्लै बस्दै आएकी घर्तीलाई बुधबार बिहान काठमाडौं जाने भन्दै स्थानीय जीपलाई लमजुङको उदिपुरसम्म छोडिदिन आग्रह गरेकी थिइन् ।
जीप चालक बिहान उनलाई लिन आउँदा शव आगनमा लडिरहेको अवस्थामा फेला परेको थियो । महिलाको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली लमजुङ बोलाइएको पछ । घरमा एक्लै बस्दै आएकी थिइन् । उनको छोरा विदेशमा छन् भने बुहारी काठमाडौं बस्दै आएकी छन् ।