काठमाडौं । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका– ५ थामे गाउँमा भीषण बाढी आएको छ । एक्कासि आएको बाढीले थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।
हिमपहिराे हाे वा हिमताल फुटेकाे हाे भन्ने स्पष्ट भइनसकेकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । सुरक्षा टाेली प्रभावित क्षेत्रमा पुग्ने क्रममा छ ।
स्थानीयका अनुसार त्यस क्षेत्रमा केही दिनदेखि वर्षा भइरहे पनि यति ठूलो बाढी आउने अवस्था भने थिएन । माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने आशंका गरिएकाे छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।