काठमाडौं । थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेमा एक विद्यालयसहित ११ घर र होटलमा पूर्ण रूपमा क्षति पुगेको छ। एक क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
क्षतिग्रस्त संरचनामध्ये एक विद्यालय, एक क्लिनक, पाँच होटल र सात घर छन्। अन्य सात घर जोखिममा रहेका छन्। एक्कासी बाढी बस्तीमा पस्दा एकजना हराइरहेका छन्।
प्रहरीले थामे खोलामा पानीको बहाव एक्कासी बढेर क्षति पुगेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली परिचालित भएको जनाएको छ। थामे खोलामा एक्कासी पानीको बहाब किन बढ्यो भन्ने खुलेको छैन।