काठमाडौं । खराब मौसमका कारण हवाई उडान अस्तव्यस्त भएको छ। बुधबार बिहानैदेखि परेको झरीका कारण केही अन्तर्राष्ट्रिय र आन्तरिक उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।
हालसम्म १२ः५ मा नेपालबाट चीन उड्ने एयर चीन सीए ४३८ नम्बरको फ्लाइट रद्द भएको छ। रद्द भएपछि यात्रुलाई र्याडिसन होटलमा राखिएको छ। सो जहाजले यात्रुलाई मौसम सफा भए बेलुकासम्म उडान भर्ने बताएको जनाइएको छ।
बुद्ध एयरको बिहान ७ः२० र ८ बजेको भरतपुरको उडान रद्द भएको थियो भने पोखराबाट ७२ जना यात्रु लिएर काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको थियो। खराब मौसमका कारण जहाज डाइभर्ट भएको जनाइएको छ।