काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी छान्न गरेको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।
अन्तिम मत परिणामअनुसार एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला बिजयी भएका छन्।
एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन्।
उपमहासचिवमा मेटमणी चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन्।
त्यसगरी सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे र चन्द्रबहादुर शाही विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा नेता राजेन्द्र प्रसाद पाण्डे यसअघि नै सर्वसम्मत भएका थिए।