काठमाडौं । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ को उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
जे.सि.भिले पहिरो हटाइ एकतर्फी बाटो सुचारु भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् । यो स्थानमा विगत ३ वर्षअघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो ।